arrow

इलाम गोल्डकप फुटबलको उपाधि एनआरटीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
ilam-goldcup-nrt-jhapa-2080.jpg

मङ्गलबारे । इलाममा भएको प्रथम ‘एनआरएनए इलाम गोल्डकप’ फुटबलको उपाधि न्यूरोड टिम (एनआरटी) ले चुमेको छ । शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो । 

निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।

विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया शनिबारको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । विर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गरेका छन् ।  

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु पाँच हजार पुरस्कार वितरण गरिएको छ । गएको माघ ६ गतेबाट शुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ