arrow

तरुण दलको महाधिवेशन लम्बिने पक्का, राष्ट्र बैंक क्वार्टरमा सहमतिको बहस, चापागाईंसहित चुनावी प्रचारमा

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
tarun-dal-fourth-general-conventation.jpeg
पोखरा । कास्कीको पोखरामा शनिबारदेखि जारी नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको चौथो महाधिवेशन लम्बिने पक्का भएको छ । 
 
तीन दिनका लागि तोकिएको महाधिवेशनमा काँग्रेसका शीर्ष नेताहरु सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने अडानमा पुग्न थालेपछि महाधिवेशन लम्बिने पक्का भएको हो । 
 
लामो समयपछि भएको महाधिवेशनमा प्रजातान्त्रिक पद्धतिअनुसार निर्वाचनमा नगइ भागबण्डाका आधारमा कार्यसमिति चयन गर्न थालेपछि पोखरामा विवाद चुलिएको छ । 
 
यतिबेला काँग्रेसको शीर्ष चार खेमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा खुमबहादुर खड्काबीच सहमतिमै पदाधिकारी भागबण्डा लगाउनेबारे छलफल चलिरहेको छ । 
 
पोखराको डयामसाइटस्थित राष्ट्रबैंकको क्वार्टरमा सहमतिका लागि छलफल चलिरहेको हो । 
 
यसअघि आइतबार साँझको बैठकमा भने सिटौला सहभागी नभएपछि स्थगित भएको थियो । 
 
यता, अध्यक्षका दावेदारहरु भने चुनावी प्रचारप्रसारमा रहेका छन् । सोही क्रममा सिटौलाका अध्यक्षका उम्मेदवार उत्तमकुमार चापागाईंले पत्रकार सम्मेलन नै गरेर आफ्नो दावेदारी प्रस्तुत गर्दैछन् । 
 
सिटौला समूहले सुरुवातदेखि नै चुनावमा गएर नयाँ नेतृत्व चयन गर्न माग गर्दै आएको छ । 
 
त्यसैगरी, रक्षामन्त्री एवं तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँडको समर्थनमा अध्यक्षमा लड्दै गरेका  विज्ञान गुरुङले बाजागाजासहित पोखरामा र्याली निकालेर आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । 
 
देउवा पक्षका भने जीतजंग बस्नेत हुन् । उनलाई केन्द्रीय सदस्यमा मनोनित नगरी देउवाले तरुण दल नै सम्हाल्न दिने गरी पद छुट्टाएका थिए । 
 
एकातिर शीर्ष नेताहरु सहमतिका लागि बसिरहेका छन् भने अर्कातिर विधान संशोधन गरेरै भए पनि चुनाव गर्नुपर्नेमा पनि जोड दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ