arrow

डोनाल्ड ट्रम्प र सी जिनपिङ चाँडो भन्दा चाँडो भेट्न सहमत !

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
Trump_xi_jinping.jpeg
काठमाडौं।  अमेरिकी नव निर्वाचित राष्ट्रपति र चिनियाँ राष्ट्रपति सि जिन पिङ्गले चाँडो भन्दा चाँडो भेट्ने सहमति गरेका छन्। अन्त्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार टेलिफोन वार्तामा दुवै जना सहमत भएका हुन्। 
 
केही समय अघि चिनियाँ राष्ट्रपतिसँग आफ्नो कुनै कुरा नभएको बताईरहेका ट्रम्पले एक्कासी चिनियाँ राष्ट्रपतिसँग कुरा गरेका छन्। चिनियाँ राष्ट्रपतिले अमेरिका र चीनको काँधमा विश्वको जिम्मेवारी रहेको ट्रम्प निर्वाचीत हुने बित्तिकै प्रतिक्रिया दिएका थिए। 
 
अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि चीनमा खुशीयाली मनाईएको समाचार र तस्विरहरु सार्वजनिक भएका थिए। चीनको एसियामा आफ्नो प्रभुत्व जमाउने योजनामा अमेरिकी सहयोग रहेमा धेरै सजिलो हुने विशवास रहेको छ। 
 
डोनाल्ड ट्रम्पको बिजयमा भारतको संसथापन पक्ष पनि खुशी रहेको छ। ट्रम्पले पनि भारत र हिन्दुहरुको तारिफ गरेका थिए। यसरी चीनको अनमेरिकासँग नजिक हुने प्रयास र अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत प्रति देखिएको चासोले एसियाको राजनीति कता जान्छ त्यो आउने दिनले बताउँने छ। 
 
अमेरिका-भारत-चीनको त्रिपक्षिय साजेदारी शुरु भएको खण्डमा नेपालले  पनि त्यसको फाईदा पाउने निश्चित रहेको छ। नेपाल सरकारले तीन देशको साझेदारीमा आफुलाई कता उभ्याउँछ त्यस्ले दक्षिण एसियाको भविष्य निर्धारण गर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ