arrow

युवा संघमा भाँडभैलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
youth-force-nepal.jpg

पोखरा । नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ कास्कीको एघारौँ अधिवेशन नयाँ कार्यसमिति चयन नगरी स्थागित भएको छ । प्रतिनिधि छनोटको विषयमा विवाद उत्पन्न भएपछि अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न असफल भएको हो ।

प्रतिनिधि छनोटको विषयमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्ष र केन्द्रीय सदस्य खगराज अधिकारी पक्ष विवाद भएको थियो ।

प्रतिनिधि छनोटको विषयमा विशेषगरि खगराज पक्षीयका कार्यकर्ताले विरोध जनाएका थिए । खगराज पक्षीय कार्यकर्ताले प्रतिनिधि छनोटमा एकलौटी गरेको, सचिवालयमा बहुमत सदस्य राखेर इतरका प्रतिनिधिको नाम काटिएको आरोप लगाएको छ ।

स्रोतका अनुसार संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्न शुक्रबार साँझ केन्द्रीय प्रतिनिधिको सहभागितामा अध्यक्ष मण्डल बनाइएको थियो । त्यो मण्डलले लामो छलफल गरेर प्रतिनिधिको नाम छनोट गरेको थियो । तर त्यो नामलाई अध्यक्ष जिसीले ठाडै अस्वीकार गरिदिए । जिसी पक्षीय कार्यकर्ताले नाराबाजी गर्दै अधिवेशन स्थलमा तोडफोडसमेत गरेका थिए । उनीहरुले केही गमला फुटाएका थिए ।

ठूलै रडाको हुने स्थिति सृजना हुने देखेर अध्यक्ष मण्डलले नै अधिवेशन स्थगित गरेको हो । अर्को निर्णय हुँदासम्मका लागि सम्पूर्ण निर्णय गर्ने अधिकार अध्यक्ष मण्डलले लिएको छ ।

अधिवेशनबाट संघको नेतृत्वका लागि सरस्वती पुरी र शङ्कर पौडेल आकांक्षी देखिएका छन् । पूरा पृथ्वीसुब्बा र पौडेल खगराज पक्षका हुन् । दुवै पक्षले यस अधिवेशन र नयाँ नेतृत्व चयनलाई निकै प्रतिष्ठाको विषय बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ