arrow

बन्दै अफ्रिकन कपको क्वार्टरफाइनल समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
nigeria-burkinafaso-AFP.jpg

काठमाडौँ । कंगो र गिनी अफ्रिकन कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । गएराति सम्पन्न खेलमा कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८–७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

 यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा कंगोले ८–७ ले खेल जितेर क्वार्टरफाइनलमा पुगेको हो । त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा गिनीले इक्वेटोरियल गिनीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

 अब क्वाटरफाइनलमा गिनीको सामनाकंगोसँग हुने भएको छ ।

क्यामरुनलाई २–० ले हराएर नाइजेरिया पनि क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै एंगोलाले नामिबियालाई ३–० ले हराएर क्वार्टरफाइनल पुगेको छ । 

अब केप भार्डे र माउरिटानिया, सेनेगल र आइभरि काेष्ट, माली र बुर्किना फासो तथा मोरक्को र दक्षिण अफ्रिकाबीचको खेलपछि क्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ