arrow

प्रधानमन्त्री–गठबन्धन नेता भेट : १५ दिनभित्र संसदमा संविधान संशोधन विधेयक

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
PM-gathabandhan-neta-bhet-n.jpeg

काठमाडौं । सरकाले संविधानप्रति असन्तुष्ट संघीय गठबन्धनको आग्रह बमोजिम आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता राउने भएको छ ।

सोमबार सिंहदरबारमा संघीय गठबन्धनको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले पुष्पकमल दाहालले १५ दिन भित्र संशोधन प्रस्ताव संसदमा लैजाने भनेका हुन् ।

मधेशी, जनजाति, थारु, दलित, खस मोर्चासहितको साझा संघीय गठबन्धनका तर्फवाट प्रधानमन्त्रीलाई दिइएको स्मरणपत्रमा आगामी पन्ध्र दिन भित्र मोर्चासँगसमेत सहमति गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न माग गरिएको छ ।

वैठकमा सहभागि गठबन्धन सचिवालय सदस्य राजेन्द्र श्रेष्ठले आफुहरुले प्रधानमन्त्रीलाई चेतावनी स्वरुप पत्र बुझाएको बताए । उनले भने, ‘संशोधन प्रस्ताव ल्याउँदा हामीसँग कसरी समन्वय हुन्छ । हामी १५ दिन हेर्छौँ । त्यसपछि संयुक्त राष्ट्रिय आन्दोलनमा जान्छौं ।

प्रधानमन्त्री दाहालले प्रदेश सीमाङ्कन लगायतका विषय टुंगो लगाउन संघीय आयोगको कार्यक्षेत्र विस्तार गरिरहेकाले १५ दिन भित्र संशोधन प्रस्ताव संसदमा पेश हुने र समस्या समाधान हुने बताएका छन् ।

यद्यपि, गठबन्धनले संघीय आयोगको कार्यक्षेत्र विस्तारलाई त्यति महत्व दिएको छैन । सिंहदरबारको भेटमा गठबन्धनका तर्फबाट उपेन्द्र यादव, राजेन्द्र महतो लगायतले संशोधन प्रस्ताव दर्ता गरेपछिमात्रै संसदमा रहेका दलहरुसँग सहमतिको प्रयास थाल्न आग्रह गरे ।

_DSC7523



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ