arrow

केन्द्रीय सदस्य शिवाकोटीले रौतहटमा गरे समुदायमा कांग्रेस अभियानको थालनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
ajaya-shiwakoti-2080-10-15.jpg

रौतहट । नागरिकको कुरा सुन्न ‘समुदायमा नेपाली कांंग्रेस’ अभियानको औपचारिक रुपमा शुरुआत भएको छ । रौतहट प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सोमबार गौरमा जिल्ला कार्यसमितिको विस्तारित बैठकमा अभियानको बारेमा जानकारी गराएर १५७ वडामै प्रतिनिधि खटाएसँगै अभियानको शुरुआत भएको हो ।

माघ १६ देखि २६ गतेसम्म हुने कार्यक्रमको बारेमा जिल्लाका १८ ओटै पालिकाका पार्टी सभापति, प्रतिनिधिलाई गौरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अभियानको उद्धेश्य, गर्नुपर्ने कामको बारेमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्द्रीय सदस्य शिवाकोटीले कांग्रेस मंगलबारदेखि रौतहटको १५७ ओटै वडामा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह र तप्कासँगको विचार भावनालाई बुझ्ने एवं नागरिकका गुनासाहरु पनि सुनेर टिपोर्ट संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्नु पर्ने पार्टीको निर्देशन रहेको बताए ।

वडामा रहेका नागरिक समाज, किसान समूह, आमा समूह, वन उपभोक्ता समूह, शिक्षक, प्राध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भइरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरुसँग संवाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक के–कस्ता सेवाहरु पाउनुपर्ने हो त्यसबारे जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा कांग्रेसले सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टीप्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यसतर्फ आ–आफना दायित्वलाई निर्वाह गर्न उनले निर्देशन दिए ।

नेपाली कांग्रेस जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिल यादवको सभापतित्वमा सम्पन्न जिल्ला स्तरीय कार्यक्रममा पार्टीका जिल्ला स्तरीय नेता, कार्यकर्ता, जनप्रतिनिधि र पार्टीका भ्रातृ, शुभेच्छुक संस्थाका जिल्ला सभापतिहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ