arrow

महामन्त्री थापालाई गुनासो सुनाउन मध्यरातसम्म पनि मधेसका स्थानीय सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
gagan-thapa-2080-10-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाबाट शनिबारदेखि थालेको ‘समुदायमा नेपाली कांग्रेस’ अन्तर्गतको संवाद यात्राले निकै नै सार्थकता पाएको छ । 

उनले माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ । यो क्रममा उनले स्थानीयका देख्दा अरुलाई साना लाग्ने तर उनीहरुका गम्भीर मुद्दाहरु निकै नै समय दिएर सुनिरहेका छन् । 

स्थानीयले दिनरात केही नभनी आफ्ना गुनासाहरु समाधान हुने विश्वासमा प्रतिक्षा गरेरै महामन्त्री थापालाई सुनाइरहेका छन् । 

सो क्रममा सोमबार मध्यरातसम्म बसेर सिराहा औरहीका कृषक तथा स्थानीयसँग संवाद गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामी अहिले राति ११ बजिसक्दा पनि सिराहा औरहीका कृषक तथा स्थानीयहरूसँग संवादमा छौँ। सिराहा आइपुग्दा थोरै ढिला भएकाले पूर्वनिर्धारित ठाउँमा थोरै ढिला नै पुगियो। तर चिसो, रात केही नभनी यति अबेरसम्म मसँग भेटेर संवाद गर्न कुरेर बसिदिनु भएकोमा औरहीवासीलाई नमन ।’

महामन्त्री थापाको यो भनाइले पनि स्पष्ट पारिरहेको छ की उनीप्रति स्थानीय र पीडितले विश्वास गरिरहेका छन् । आशा गरिरहेका छन् र भरोसा गरिरहेका छन् । 

महामन्त्री थापाले यस संवाद यात्रामा आफ्ना कुरा राख्ने भन्दा पनि स्थानीयका कुरा सुन्ने र ती कुराहरुलाई आगामी फागुन ७ गतेदेखि काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा अजेन्डा बनाएर प्रस्तुत गर्ने योजना बनाएका छन् । 

उनको यो अभियानमा कुनै औपचारिक कार्यक्रम नहुदा सिधै स्थानीयले आफ्ना गुनासा, समस्या, सल्लाह र सुझाव राखिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ