arrow

घरको छतबाट खसेर इन्जिनियरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
pokhara-valley-city.jpg
तस्बिर-फाइल

पोखरा । पोखरामा घरकाे छतबाट खसेर एक जना सोलार ईन्जिनियरको ज्यान गएको छ ।

आज दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनस्थित निर्माणाधीन एक घरको पाँचौँ तलाको छतबाट खसेर पोखरा ८ रत्नचोकका ३७ वर्षीय ई. प्रवीण भट्टराईको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामाका अनुसार निर्माणाधीन घरको सोलार गर्नेक्रममा पाँचौं तलाको लिफ्टबाट उनी खस्न पुगेका थिए ।

गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दिउसो करिब २ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टराई पोखरा न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

भट्टराईको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ