arrow

दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
sita-gurung-2080.jpg
तस्बिर-फाइल

दमौली । शहरी विकासमन्त्री सीता गुरुङले दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताएकी छिन् । 

तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाललाई आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीको खाँचो रहेको औँल्याइन् । 

अहिलेको परम्परागत शिक्षाले बेरोजगार जनशक्ति मात्रै उत्पादन गरेकाले प्राविधिक शिक्षामा जोड दिँदै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नेतर्फ सामुदायिक विद्यालय तथा क्याम्पसले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशको गरिबी निवारणका लागि नेपाल बिजुली बेच्न सक्ने हैसियतमा पुगेको बताए । 

कांग्रेसको नेतृत्वमा देशको विकास भएको उल्लेख गर्दै उनले कांग्रेसकै नेतृत्वमा रोजगारीको अवसर सृजना भएको स्पष्ट पारे ।  

कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले शिक्षा क्षेत्रको विकासका बारेमा धारणा राखेका थिए ।

सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमका विजयीलाई पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख ओजराज बगालेले जानकारी दिए । 

कार्यक्रममा लोक गायक राजु परियार र शिला आलेको साङ्गितिक प्रस्तुति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ