arrow

संवाद यात्रामा गगन

व्यस्ततालिकाबीच समय निकालेर आफ्नो वडामा गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
gagan-2080-10-16-ward30.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हालका दिनहरुमा निकै व्यस्त छन् । गत माघ १३ गते शनिबारदेखि झापाबाट उनले थालेको संवाद यात्रा आगामी माघ २६ गते महाकालीमा पुगेर टुंगिदै छ । छाटो समयमा धेरै क्षेत्रमा ‘समुदायमा नेपाली कांग्रेस’ अभियान अन्तर्गत उनले समुदायका गुनासा, समस्या, माग र सुझाव संकलन गर्दै हिँडिरहेका छन् । 

उनले तिनै गुनासालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर आफूले एकल पहल त गर्ने छन् नै पार्टीको महासमिति बैठकमासमेत अजेन्डा बनाएर पेश गर्ने भएका छन् । 

निकै व्यस्त तालिकाबीच उनी मंगलबार शहीद दिवसको अवसर पारेर धनुषाको कार्यक्रमबाट हान्निएर काठमाडौँस्थित आफ्नो वडामा आएर सहभागी भए । 

कांग्रेसको सामाजिक काम अन्तर्गत उनी आफ्नो काठमाडौँको ३० नम्बर वडामा सहभागी भएका हुन् । 

उनले भने, ‘हाम्रो वडा नम्बर ३० सामाजिक काम अन्तर्गत सम्पदा सरसफाइ कार्यक्रम भैरवस्थान मन्दिर हाम्रो विशेष सम्पदा हो । हामीले शहीद दिवसको दिन सबैले आ–आफ्नो वडाका सामाजिक कार्य गर्ने उद्धेश्य राखेका थियौँ । त्यसैले साथीहरु यहाँ खटिनु भयो म सहभागी हुन आएको हुँ । अन्य साथीहरुले पनि आफ्नो वडामा पक्कै सहभागिता जनाउनु भए नै होला भन्ने विश्वासमा छु ।’

नेता थापा आफ्नो वडामा सरिक भएपछि बुधबारदेखि पुनः आफ्नो संवाद यात्रालाई निरन्तरता दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ