arrow

बेलायती सेनाध्यक्ष नेपालमा : भेटे प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
prachanda-england-army-chief.jpg

काठमाडौँ । बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्स नेपाल भ्रमणमा रहेका छन् । सोही क्रममा सेनाध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनीहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो । 
 
नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले हार्दिक आभार व्यक्त गरेका थिए। 

शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । 

मंगलबारै उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ