arrow

मुगुमा फैलिएको रुघाखोकी र ज्वरो भाइरल इन्फ्लुएन्जासँगै कोरोना भएको पुष्टि

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० माघ १७ बुधबार
mugu-viral-fever-2080.jpg

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने  सोरु गाउँपालिका—६ पुरुमुरु गाउँमा तीन जनाको ज्यान लिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ। सोरु गाउँपालिका—६ का पुरुमुरु र जिमा गाउँमा डेढ साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । 

१ सय ५० जना थला परेका थिए । थला परेकामध्ये १ सय ३५ जनामा उक्त स्थानमा पुगेको चिकित्सक सहितको टोलीले चेकजाँच गर्दा भाइरल इन्फ्लुएन्जा लक्षण देखिएको र बिरामी परेकामध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो ।

जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारीअनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो । 

त्यस्ता खाले बिरामीहरुमध्ये ११ जनाको स्वाव संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । पठाइएको स्वावमध्ये १० जनाको परीक्षण गर्दा १ जनामा कोभिड १९ को भाइरस, १ जनामा भाइरल इन्फ्लुएन्जा, १ जनामा भाइरल इन्फ्लुएन्जा बी र अरु ७ जना बिरामीहरुमा  भाइरल इन्फ्लुएन्जा भएको रिपोर्ट जिल्ला अस्पातलमा प्राप्त भएको हो  ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राप्त रिपोट अनुसार उक्त भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भए पनि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठन सुर्खेत र जिल्ला अस्पातलबाट गरी तीन जनाको डाक्टर सहितको टोली बुधबारै सोरु गाउँपालिका—६ पुरुमुरु र जिमा गाउँतर्फ हिडेको र डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी गराए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले दिएको जानकारीअनुसार केही समय अगाडिबाट फैलिएको भाइरल इन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले  औषधि स्वास्थ्यकर्मी परिचान गरेको छ । 

बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताएका छन् । उपाध्यक्ष शाहीका अनुसार दुवै गाउँमा अहिले बिरामीहरुको संख्या पहिलाको भन्दा घट्दै आउन थालेका छन् ।

सोरुगाउँपालिका —६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया की कुशुम ढोलीको रुघाखोकी ज्वरोबाट माघको दोस्रो साता मृत्यु भएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ