arrow

संवाद यात्राका क्रममा महामन्त्री थापा रौतहट आउँदै

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०८० माघ १७ बुधबार
gagan-thapa-sambad-yatra.jpg
तस्बिर – फाइल ।

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिहीबार रौतहट आउने भएका छ्न् । समुदायमा कांग्रेस अभियान अन्तर्गत वडामा जाऔं, जनताका कुरा सुनौं भन्ने उदेश्यका साथ  माघ १६ देखि २६ गते सम्म संचालन भइरहेको अभियानका लागि महामन्त्री थापा  बिहीबार बेलुकी रौतहट आउने र शुक्रबार बिहानबाट औपचारिक कार्यक्रम शुरु हुने रौतहट खटिएका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । 

पूर्वको मेची पुलदेखि संवाद यात्रा थालेका महामनत्री थापा हुलाकी सडक हुँदै पश्चिम महाकालीसम्म पुग्ने कार्यक्रम छ । 

कांग्रेसको केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा अभियान शुरु भएर नागरिकका बीचमा पुग्दै गुनासाहरु सुन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको शिवाकोटीले बताए । 

पार्टीले निर्धारण गरेको मापदण्ड अनुरुप अभियानलाई सफल पार्न महामन्त्री थापा स्वयं अनुगमन निरीक्षण गर्दै शुक्रबार बिहान रौतहटको दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा ७ः३० बजेदेखि ९ बजेसम्म कार्यक्रम हुनेछ भने परोहा नगरपालिका ४ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम राखिएको छ । 

त्यस्तै बौधीमाई नपाको सर्मजुवामा खुला संवाद कार्यक्रम सकाएर बारा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

शिवाकोटीले विभिन्न प्रशिक्षण दिएर वडा वडामा प्रतिनिधि खटाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ