arrow

तरुण दल महाधिवेशन : आकांक्षी मिलाउनै हम्मे, निर्देशक समिति संयोजक खाँण यसो भन्छन्

मंसिर १ गते तरुण दलले नयाँ नेतृत्व पाउँछ

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
balkrishna-khan-pokhara-nn.jpeg

कास्की । कांग्रेसको भ्रातृ संस्था तरुण दलको चौथो महाधिवेशन लम्बिएको छ । अझै निर्वाचन गर्ने वा सर्वसम्मत भन्ने विषयमा नेताहरु छलफलमै छन् । तरुणदल निर्देशक समितिका संयोजक बालकृष्ण खाँणले मंसिर एक गते वुधबारसम्म नयाँ निर्वाचनको परिणाम, नयाँ नेतृत्वको चयन भइसक्ने बताएका छन् ।

संचारकर्मीसंग संयोजक खाँणले भने, ‘आयोजक साथीहरु, तरुण दलका अध्यक्ष उदय शमशेर राणा, नयाँ निर्वाचित अध्यक्ष र पदाधिकारी साथीहरु तथा हाम्रो निर्देशन समितिले तपाईहरुलाई एक गते परिणामसहित भेट्नेछ ।’

तरुण दलमा पार्टी महाधिवेशन देखि देखिएको तीनै धारलाई समायोजन गर्ने विषयमा संयोजक खाँणले भनेका छन्,  ‘अहिले जो साथीहरु लामो समय देखि युवा राजनीतिमा हुनुहुन्छ । उहाँहरुलाई समेट्नका लागि पनि केही पद थपेर उहाँहरुलाई समायोजन गर्ने क्रममै हाम्रो सकारात्मक सोच छ ।’ समायोजनको खाका मंगलबार आउने उनले बताए ।

पार्टीको निर्णय के थियो, निर्वाचन लड्नेका हकमा के हुन्छ ?
संयोजक खाँणले भने, ‘कार्यसमितिका पदाधिकारी र सदस्यहरुले महाधिवेशन सम्पन्न गर्ने छन् । उम्मेद्वार बन्ने छैनन् भनेर निर्णय भएको थियो ।’ त्यो निर्णयमा अहिले सम्म कुनै परिमार्जन भएको छैन । पुरानालाई मनोनयनबाट ल्याउन सकिँदैन ? महाधिवेशन प्रतिनिधिहरुबाटै मनोनित हुने हो । महाधिवेशनको प्रतिनिधिहरु केन्द्रीय प्रतिनिधि बन्न पाउँछन् । पार्टीको निर्णय संशोधन नगरेका कारण त्यो पनि हामीले लागु गर्नु पर्छ । पार्टीको भ्रातृ संस्थाहरुलाई सम्मान गर्दा गर्दै पनि हामीले पार्टीको निर्णय मान्नु नै पर्ने हुन्छ ।’

महाधिवेशन प्रतिनिधिहरुले अहिले चुनावमा लड्न नमिल्दा नमिल्दै पनि भोलि पदाधिकारी मनोनयन गर्दा उनीहरु पनि पर्ने खालको अवस्था पनि हामीले निर्माण गर्छौँ, खाँणले अगाडि थपे, ‘महाधिवेशनमा केन्द्रीय पार्सदको मनोनयन हुन्छ । उनीहरु स्वतः केन्द्रीय प्रतिनिधि हुन्छन् । पछि अध्यक्षले मनोनयन गर्नु हुन्छ । अहिलेसम्म संख्या २० जना छ । त्यसमा अहिले युवा सहभागिताको तीब्र अकांक्षा छ । त्यसलाई ध्यानमा राखेर केही थप गर्ने हो कि भन्नेबारेमा हामी सकारात्मक सोच राखिरहेका छौं ।’

अहिले महाधिवेशन प्रतिनिधि जो केन्द्रीय कार्यसमितिमा छन् । उनीहरु उम्मेद्वार बन्न मिलेन । भोली महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचित अध्यक्षले उनीहरुलाई मनोनित गर्न मिल्छ कि मिल्दैन भन्ने तपाईहरुको जिज्ञासा जो छ उनीहरुलाई भोलि मनोनित गर्न मिल्छ । उनीहरुलाई मनोनित गर्नकै लागि मनोनयनको संख्या बढाउने सोच नेताहरुको हाम्रो रहेको छ –नेता खाँणले विस्तारमा सुनाए ।

उपाध्यक्षहरु सात जना हुँदै छ भन्ने कुरा आइरहेको छ ? जवाफमा उनले भने, ‘तपाईहरुलाई थाहा भएको हो कि अन्दाज गर्नु भएको थाहा छैन । तपाइहरुको अन्दाज कति मिल्ला र कति कार्यान्वयन गर्न सकिएला हेरौं ।’ अध्यक्ष एउटै हो थप्न मिल्दैन । यत्ति भन्दा संचारकर्मीहरुबीच हाँसोको फोहरा छुट्यो । पदाधिकारी थप्ने नथप्ने भन्नेबारे छलफलमै छौं –खाँणले भने ।

निर्वाचन समितिले नै कार्यतालिका निर्माण गर्छ । उनले भनेका छन्, ‘अहिले पार्टीभित्रको एकतालाई केन्द्रमा राखेर तरुणहरुले बल पुर्याउन् । तरुणहरुले पार्टीभित्रको एकताका लागि सन्देश दिन्छन् र महाधिवेशनले एकताको सन्देश दिन्छ भन्ने हामीलाई विश्वास छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ