arrow

स्याङ्जा उद्योग वाणिज्य संघमा महादेव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
mahadev-shrestha.jpg

स्याङ्जा । स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ विजयी भएका छन् । संघको १६औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा हिक्मत श्रेष्ठलाई ८ मतले पछि पार्दै महादेव विजयी भएका हुन् ।

महादेवले १ सय ४९ मत र हिक्मतको १ सय ४१ मत प्राप्त गरे । अध्यक्ष पदमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा राजप्रसाद घिमिरेले १ सय २ र नारायणप्रसाद ढकालले ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ, महासचिवमा रवीन्द्र केसी, कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ निर्वाचित भए । महासचिवमा ३ र अन्यमा २/२ जनाबीच प्रतिस्पर्धा भएको हो ।

सदस्यमा हिटलर पौडेल, अमृत लामिछाने, मीनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छायादत्त सापकोटा, सूर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल (करुणाा), राजेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

वाणिज्य, उद्योग र महिलातर्फ उपाध्यक्षमा क्रमशः शाखालिद मियाँ, दीपककुमार श्रेष्ठ र गंगा प्रधान निर्विरोध निर्वाचित भए ।

सहकोषाध्यक्ष र सहसचिवमा भने उम्मेदवारको योग्यता नपुग्दा दुवै पद रिक्त रहे । संघका ५ सय ८७ मतदाता (नवीकरण गरिएका) मध्ये ४ सय ७५ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ