arrow

पुर्नसंरचना प्रति असन्तुष्टि

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । स्थानियत तह पुर्नसंरचना गर्दा दुवै खाकामा याङवरक गाउँपालिकाको केन्द्र थर्पु वजार वा ओयामको मान्द्रेनीलाई तोक्ने निर्णय गरी आयोगमा सिफारिस गरिएको प्रति ओयाम,फलैँचा र च्याङथापु गाविसले सोमबार फिदिम वजारमा विरोध प्रर्दशन गरेका छन् ।
 
उनीहरुले भौगोलिक रुपमा,सडक संजालको हिसावले,सवै वडामा सडक सुविधा पुगेको,तथा भौतिक पूर्वाधार समेत भई आयोगको मापदण्ड समेत पुगेको हुनाले ओयामको मान्द्रेनीलाई नै निर्विकल्प केन्द्र तोकिनुपर्ने भन्दै स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती तथा जिल्ला स्थित राजनितीक दलहरुलाई ज्ञापनपत्र वुझाएको सङघर्ष समिती संयोजक विरेन्द्र बहादुर योङयाले जानकारी दिए ।
 
 समिती र राजनितीक दलहरुले आयोगमा नाँगी,थर्पु,ओयाम,फलैँचा र च्याङथापु गाविसलाई समेटेर याङबरक गाउँपालिकाको केन्द्र बनाएको र त्यसको केन्द्र भने थर्पु वजार वा मान्द्रेनी राख्न सकिने भनेर पठाएका थियो ।  यस्तै हिलिहाङ गाउँपालिकाको केन्द्र पंचमी गाविसको वडा नम्बर १ स्थित गोपेटार भन्ने स्थानमा तोकी सिफारिस गरिएको हुँदा सुभाङ,पंचमी,अमरपुर गाविसवासीले पंचमी वडा नम्बर ३ स्थित डाँडेमा केन्द्र राख्नुपर्ने माग राख्दै आज स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती तथा जिल्ला स्थित राजनितीक दलहरुलाई ज्ञापनपत्र वुझाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ