arrow

यति एयरलाइन्सले भित्र्यायो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
Yeti-Airlines-ATR-72-500-aircraft1.jpg

काठमाडौँ। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर-७२-५००’ विमान भित्र्याएको छ । 

दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यति एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

यतिले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर-७२ विमान सात पुगेको छ । 

बिहीबार थपिएका दुई जहाजको क्रमशः ‘९एन-एओएफ’ र ‘९एन-एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ