arrow

मधेसमै पुगेर माधव नेपालले भने–संविधानमा मधेस विरोधी कुनै दफा छैन

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
makune-G-new.jpeg

लहान । एमाले नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् ।

सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता नेपालले भने, ‘छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ, यदि संविधानमा मधेसविरोधी कुनै दफा, उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ।’

अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, भारतमा ६० प्रतिशतले, तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्, नेपालले थपे, ‘संविधान बन्दा केही असन्तुष्टि हुनु स्वाभाबिक हो, पछि सबैको चित्त बुझिहाल्छ ।’

एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत हो भन्दै नेता नेपालले एमाले मधेसविरोधी पार्टी कसरी भयो ? प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

अङ्गीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको टिप्पणी गर्दै नेपालले अङ्गीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ