arrow

दलीय सहमतिमै संविधान संशोधनको गृहकार्यमा सरकार : मन्त्री केसी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
arjun-narsingh.jpg.jpeg

विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दलहरुबीचकै सहमतिमा संविधान संसोधन प्रक्रिया अघि बढाउने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थाल संचारकर्मीसंग कुरा गर्दै मन्त्री केसीले समयमै निर्वाचन गराउनका लागि पनि संविधान संशोधन प्रक्रिया यथा शक्य चाँडो अघि बढाउन आवश्यक रहेको बताए ।

आगामी २०७४ माघ भित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधान संसोधनका लागि धेरै ढिलाई गर्न नहुने मन्त्री केसीको भनाई छ  ।

मन्त्री केसीले आन्दोलनरत दलका माग  सम्बोधन गर्न गरेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै त्यसको कार्यान्वयनमा मुख्य दलहरु एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

काँग्रेस, एमाले तथा नेकपा माओवादी केन्द्र तीन वटै पार्टीको सहकार्यले संविधान जारी भएकाले एमाले पनि संविधान संसोधन प्रक्रियाबाट अलग रहन नसक्ने केसीको धारणा छ ।  

अंगीकृत नागरिकताको विषयमाबाहिर आएको कुरामा कुनै सत्यता नभएको भन्दै अंगीकृत नागरिकताको विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसारनै हुने बताए ।  

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा संसदमा छलफल चलिरहेकाले नेपाली काँग्रेसले चाँडै सही निर्णय लिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ