arrow

जिल्ला अस्पतालमै  छैन एक्सरे मेसिन, बिरामीलाई जुम्ला जानुपर्ने बाध्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
mugu-district-hospital.jpg

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिएर मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब २ लाख ५० हजार जति रकम खर्च मर्मतमा लाग्ने र अस्पतालले रकम व्यवस्थापन गर्न  सक्ने भए पनि विद्युतीय भोल्टेजको कारण फेरि एक्सरे मेसिन बिग्रने भयले मर्मत कार्य हुन नसक्दा समान्य चोटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नु पर्ने बाध्यता रहेको छ ।

जिल्लाका दूरदराजबाट उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन अभावले अन्यौलमा पर्ने गरेका छन । स्पतालमा एक महिनादेखि  बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त स्वास्थ्य सेवा ब्यावस्थापक डा. कमल ढुंगानाको भनाइ छ ।

उनका अनुसार मुगुको विद्युतको भोल्टेज  स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्याएका छौँ, एक्सरे मेसिन पनि यसरी विद्युत भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताए ।

लाखौँ रुपैयाँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि विद्युतको कारणले बिग्रिहाल्छ । केही दिनपछि अस्पताल हाताभित्र विद्युत ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्सरे मर्मत गरी चालु गरिने पनि निमित्त स्वास्थ्य प्रमुख ढुङ्गानाको भने ।  

मेसिन चलाउन २ सय २० भोल्ट विद्युतको आवश्यकता पर्ने गरेको र हालको विद्युतको भोल्टेज अपुग छ । विद्युतीय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रकृया पूरा भएपछि एक्सरे चालु हुने स्वास्थ्य व्यवस्थापक डा. ढुङ्गानाले बताए । 

जिल्ला अस्पताल ठिनी बाहेक  एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभएपछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरी न्यूनतम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ । 

२०६३ सालमा जिल्लाका साविकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले १५ शैयाको अस्पताल सञ्चालनमा आएको थियो ।

उक्त जिल्ला अस्पताल बिरामीको लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियाली सरकारले अस्पतालको आवश्यक उपकरणहरूसहित भौतिक पूर्वाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव फार्मेसी सेवा संचालन र  रक्तसंचार केन्द्र, नहुँदा  बिरामी मर्कामा पर्दै आएका छन्   ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ