arrow

सुजातालाई ५० लाख दिने निर्णयकै भोलिपल्ट निधिले तुलसी गिरीबारे कुरा गरे !

बाहिर एउटा कुरा भित्र अर्कै

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
nidhibalendra.JPG.jpeg

काठमाडौं । राप्रपा र राप्रपा नेपाल एकीकरणको अभ्यास भइरहेका बेला राप्रपा नेपालका नेताहरुले गृहमन्त्री विमलेन्द्र निधिसँग भेट गरेका छन् । गृहमन्त्री स्रोतका अनुसार भेटमा एकीकरणपछि सत्तासमीकरणमा जोडिने विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री निधि निकट स्रोतका अनुसार भनेट्नका लागि राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली र निरन्जन थापा तथा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सोमबार निधिकहाँ पुगेका हुन् ।

यसअघि गत सातामात्रै राप्रपा नेपालका अध्यक्ष कमल थापा र निधिबीच ललितपुरमा भेट एवं संवाद भएको थियो । ‘सोमबारको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे कुरा भएको र वर्तमान समीकरणको साथमा रहने पृष्ठभूमिमा समेत कुराकानी भयो’–स्रोतले भन्यो ।  

प्रमुख सचेतक गिरीले भने निधिसँग भेट भएको तर, सत्तासमीकरणमा सघाउने बारे कुरा नभएको बताए । हाम्राकुरासँग उनले भने, ‘त्यस्तो विषयमा कुनै कुरा भएको छैन ।’ अनि किन भेट्न जानु भा ? जवाफमा उनले भने, ‘हामीसँग पूर्वप्रधानमन्त्री तुलसी गिरीलाई दिनु पर्ने उपचार रकमबारे कुरा गर्न खोजिएको थियो । सोही सिलसिलामा भेट्न गएका हौं ।’

स्वास्थ्यमन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री गिरीलाई दिने भनिएको २५ लाख रोक्न लगाएका थिए । निधिले कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गराएकै भोलिपल्ट तुलसी गिरीको उपचार खर्चबारे कुरा गर्न नेताहरुलाई बोलाएका हुन् ।

प्रमुख सचेतक गिरीले रकम पाउने नपाउने बारे के कुरा भयो भनेनन् । उनले भने,  ‘हामीले मापदण्ड बनाएर मापदण्डमा पर्नेहरुलाई दिनुस् । नभए किन राज्य कोष रित्याउनु हुन्छ भनेर ध्यानाकर्षण गरायौं ।’ यस विषयमा कुरा गर्न निधिले नै भेट्न खोज्नु भएको थियो गिरीले–भने । कार्यविधि बनाएर अघि बढ्नु पर्ने हुन्छ, गिरीले थपे, ‘सबै विशिष्टहरुलाई त आवश्यक पर्दैन होला नि ! कसैको त जहाँ गएपनि उपचार गर्न सक्ने हैसियत छ । मापदण्ड खै त ? ।’

आउँदो मंसिर ६ गते पार्टी एकीकरण
सोही सिलसिलामा गिरीले आउँदो मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुने बताए । वर्तमान सरकार गठन गर्नु अघि नै हुने भनिएको एकीकरण राप्रपा सरकारमा जान तम्सिएपछि रोकिएको थियो ।

एकीकरण हुन नसकेपछि दुई पार्टीका नेताबीच आरोप प्रत्यारोप चल्यो । अहिले आएर थप विधि तय गरेर एकीकरण गर्ने सहमति भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ