arrow

अमेरिकी हमलामा इराकमा १६ को मृत्यु, २५ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
iraq-map.png

वासिंगटन डीसी । इराकमा अमेरिकी आक्रमणमा कम्तीमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए । 

गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार रातिदेखि सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो । 

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिसिया छाता समूहलाई दोष लगाएको थियो । इराकले भन्यो कि अमेरिकाको जवाफी हमलाले यस क्षेत्रको लागि विनाशकारी नतिजा ल्याउनेछ ।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिशिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ । ‘हाम्रो जवाफी हमला शुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ’, अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपहरूलाई निराधार भनेको छ । र प्रतिरोधी समूहहरूको निर्णयमा संलग्न नभएको जनाउँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ