arrow

विमानस्थलबाट डीआईजी चन्दले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
TIA.jpeg

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । 

सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । 

पछिल्लो समयमा सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा खटपट रहेको छ । 

सोही विषयलाई लिएर विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद शुरू भएको थियो। 

केही दिनअघि मात्रै प्रहरीले अध्यागमनका कर्मचारीबीच कुटपिट समेत भएको थियो।

 व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले कताएका छन् । 

उनले भने, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।”

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

चन्दले गत वैशाखदेखि विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए।

चन्द हालका प्रहरी महानिरीक्षक (आईजिपी) वसन्तबहादुर कुँवरकै ब्याचमेड प्रहरी अधिकृत हुन्।

डीआईजी चन्दले भिजिट भिसामा ठुलो सङ्ख्यामा मानव तस्करी भइरहेको घटना बाहिर ल्याउन भूमिका खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ