arrow

सभामुखले गरे संसद्‌ भवनको अवलोकन, हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
sabhamukh-test.jpg

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसद्‌्बाट विधेयक पारित गर्नुपर्ने बताएका छन् । आइतबार सङ्घीय संसद्‌ भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा संसद्‌ भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्नुपर्ने बताए । उनले पारित गर्नु मात्रै ठुलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरू कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्ने बताए । 

उनले संसद्‌्को सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए । उनले संसद्‌ क्यालेन्डर अनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए । उनले प्रिबजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए ।

उनले भने, ‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्ने । पारित यस मानेमा की कार्यान्वयन गर्ने गरी विधेयकहरू धेरै भन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसद्‌्को त्यही सौन्दर्यताकासाथ जाने हो । भौतिक संरचनाको सौन्दर्यता भन्दा पनि आवश्यकता के हो ? त्यो पूरा गर्नु नै सबैभन्दा ठुलो सौन्दर्यता हो । त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्ने गरी सोमबारबाट अधिवेशन चलाउनुपर्छ । यसपालि क्यालेन्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ । प्रिबजेटका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको छ । सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुई वटा संसद्‌ सचिवालयमा दर्ता भएको छ ।’

सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ