arrow

नेपालमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको  छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकोपहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

 आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यता सफा रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ