arrow

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
devraj-ghimire-speaker-2080-02-08.jpg

काठमाडौँ ।  प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने बताएका हुन् । 

 आजबाट शुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । 

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ