- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ ।
सोमबारबाट शुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् ।
त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश गर्नुपरेको स्पष्ट पारे ।
मन्त्री महतले भने, ‘आर्थिक विधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ मा रहेको त्यस्ता समायावधि संशोधन आवश्यक भएको र संघीय संसदको अधिवेशन नभएकाले नेपालको संविधानको धारा ११४ को संवैधानिक व्यवस्था बमोजिम यो अध्यादेश जारी गर्नु परेकाले प्रतिनिधि सभा नियमावली २०७९ को निमय ९४ बमोजिम प्रतिनिधिसभा समक्ष प्रश्तुत गर्दछु ।’
त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।