arrow

रवि लामिछानेविरुद्ध जाहेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
rabi-lam.jpg
तस्बिर-फाइल

पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।

जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनकाे नामसमेत जोडिएकाे छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् ।

पीडितको जाहेरी दर्ता भने भएको छैन । यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो । 

बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ