arrow

हत्या गर्ने पाँचजना पुर्पक्षका लागि थुनामा

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
crime.jpeg
उर्लाबारी । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 
 
जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । 
 
दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारीमा फ्यालेको अवस्थामा शव फेला परेको थियो । 
 
घटनामा संलग्न विराटनगर–५ की १८ वर्षीया फूलकुमारी उराव, सोही ठाउँका डाइलर भनिने २० वर्षीय युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव उराउ, २२ वर्षीय सुरज उराउ र हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई पक्राउ गरेर मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । 
 
घटनामा संलग्नले मागेका बेला लागुपदार्थ र चुरोट नदिएको विषयलाई लिएर नियोजित रुपमा दाहालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ