arrow

आलोपालो गरी पठाइन्छन् महिला प्रहरी

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
nepal_police_women.jpeg
रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा घट्ने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ । 
 
जिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दारसहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 
 
जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी रहने गरेको बताइएको छ । ती युनिट पनि कतिपय सुगम र कतिपय दुर्गममा पर्दछन् । सबैलाई न्यायोचित ढङ्गले सुगम दुर्गम मिलाएर ‘रोटेसनमा’ पठाइन्छ घर्तीले भने। 
 
जिल्लाका अधिकांश युनिटमा रहेका प्रहरी ब्यारेक महिलामैत्री नभएका कारण पनि महिला प्रहरीलाई पठाउन समस्या भएको घर्तीले जानकारी दिए । 
 
जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण समाजमा हुने घटनामा पीडक र पीडित दुवै महिला हुनेको मात्रा बढिरहेका कारण मौजुदा जनशक्तिले धान्न नसकेको घर्तीको भनाइ छ । 
 
विभिन्न गोष्ठी, सेमिनार, अनुगमनलगायतको अवसरमा जिल्लामा महिला प्रहरीको सङ्ख्या थप गर्न माग गरिएको भएपनि हालसम्म पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ