arrow

तरुण दल महाधिवेशनः निर्वाचन समिति मनोनित प्रतिनिधि कुरिरहेछ

निर्वाचन गर्न दवाव दिन दिउँसोदेखि अनसन

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
tarun-dal-fourth-general-conventation.jpeg
पोखरा। नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको पोखरामा जारी महाधिवेशनको चाौथो दिन बिहानसम्म निर्वाचन हुने कुनै छाँट देखिएको छैन । एकताको सन्देश दिन भन्दै भागबण्डा गरेर पदाधिकारी चयन गर्न काँग्रेस शीर्ष नेताहरु छलफलमा जुटे पनि त्यो सम्भव नहुने देखिएको छ । 
विवाद बढ्दै जाँदा अहिलेसम्म मतदाता प्रतिनिधिको नामसमेत नपाउँदा निर्वाचन समिति पनि अन्योलमा परेको छ । निर्वाचन अधिकृत बाबुराजा जोशीले मंगलबार बिहान १० बजेसम्म प्रतिनिधिहरुको नाम उपलब्ध गराउँछु भनेकाले कुरेर बसेको बताएका छन् । 
उनले भने, ‘हामीलाई प्रतिनिधिको नामावली बिहान दिने हो भने बुधबार मतदान गर्ने गरी काम अगाडि बढाउने थियौं ,’
 
तीन दिनका लागि भनेर पोखरा आएको अहिलेसम्म चुनावको प्रक्रिया नै सुरु नहुँदा चिन्ता बढेको पनि जोशीले सुनाए ।
 
टीकाटालो गरेरै नेता चुन्ने लक्षण देखिएपछि केही कार्यकर्ता भने जिल्लातर्फ लागेका छन् । 
 
यसैबीच,  प्रतिनिधिहरु विधान अनुसार निर्वाचनको माध्यमबाटै नेतृत्व चयनका लागि पार्टी नेतृत्वलाई दवाव दिन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहका तरुण दल कार्यकर्ताहरु आमरण अनशन बस्ने भएका छन्। 
 
महाधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्र शुरु भएपनि नेतृत्व चयनको प्रक्रिया शुरु नभएपछि आक्रोशित भएका तरुण कार्यकर्ताहरुले मंगलवार दिउँसो १ बजेदेखि आमरण अनशन बस्ने भएका हुन्। 
 
पार्टी नेतृत्व र पार्टी नेतृत्व निकट रहेका तरुण दल महाधिवेशन गराउन गठित निर्देशन समितिका बहुसंख्यक सदस्यहरु निर्वाचन गराउन अनिच्छुक भएपछि निर्वाचन पक्षधरहरु पार्टी नेतृत्वलाई दवाव दिन महाधिवेशनस्थल पोखरा सभागृहमा आमरण अनशन बस्ने तयारी गरेका छन् । 
 
निर्देशन समितिका संयोजक बालकृष्ण खाँड भने एकताको सन्देश दिन पनि सहमतिमा सर्वसम्मति गर्ने प्रयास रहेको बताउँछन् । 
 
निर्देशन समितिको वैठक सोमबार रातीसम्म बसे पनि कुनै निक्र्योल गर्न सकेन । 
 
वैठकमा सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुले आफ्ना नेतृत्वका आकाँक्षीहरुको व्यवस्थापनलाई प्राथमिकतामा राखेर विधान संसोधन गर्न खोजेपछि त्यस विषयमा मतैक्यता हुन नसकेको बताइएको छ। 
 
 
सिटौला समुह देउवा र पौडेल समुह सहमतिको नाममा जवरजस्ती नेतृत्वको नामावली टाँस्ने कुराको विरोधमा रहँदै आएको छ। 
 
निर्वाचन अधिकृत जोशी पनि टिकेप्रथाको विरोध गर्दै ‘हामी पनि निर्वाचन नै होस् भन्ने चाहेका छौं’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ