arrow

न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Journalist-Step-5.jpg.jpeg
काठमाडौँ। सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ । 
 
समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अधयक्ष पोषण केसीले जानकारी दिनुभयो । 
 
“न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन गर्न सञ्चार मन्त्रालय, पत्रकार महासङ्घ, प्रेस काउन्सिल लगायत पेसागत सङ्घ÷सङ्गठनको सहभागितामा रेडियो, टिभी र छापामाध्यम गरी तीनवटा अनुगमन समिति गठन गरिएको छ, मङ्सिर सुरू भएसँगै अनुगमन थालिनेछ”– अध्यक्ष केसीले भन्नुभयो । 
 
सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको जनाउँदै आएपनि नेपाल मिडिया सोसाइटीलगायतका निजी सङ्घ÷सङ्गठनले भने कार्यान्वयन गर्न नसक्ने जनाउँदै आएका छन । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ