arrow

पाँच चोटी प्रधानमन्त्री पाएको डडेल्धुरा देख्दा दुःख लाग्छ – लिङ्देन

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० माघ २३ मंगलबार
rajendra-lingden-2080-10-23.jpg

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच–पाँच चोटी प्रधानमन्त्री पाएको डडेल्धुरा जिल्लाको हालत देख्दा दुःख लागेको बताए ।

मंगलबार डडेल्धुरा जिल्ला सदरमुकामको बसपार्क क्षेत्रमा राप्रपा जिल्ला कार्य समितिले आयोजना गरेको बृहत् आमसभामा उनले यस्तो बताएका हुन् । 

डडेल्धुरा जिल्ला पुग्दै गर्दा बाटोमै नागरिकहरुले खानेपानी र बिजुली अहिलेसम्म पाउन नसकेको कुरा राखेको भन्दै उनले यसप्रति झनै दुःख लागेको बताए । उनले यहाँ आफू कसैको आलोचना गर्न नभई राप्रपाले गरेको यो नविनतम अभियानमा साथ दिन आम नागरिकहरुलाई आग्रह गरे । 

राप्रपाले अहिले मुलुकभर यसरी नै आम जनतासँग जोडिने, आम जनताको कुरा सुन्ने र आफ्नो कुरा पनि भन्ने अभियानमा लागेको बताए । जुन देशको जनसंख्या तीन करोड पुगेको छैन त्यो देशको ५० औँ लाख युवाहरु वैदेशिक रोजगारीमा रहेको उनले सुनाए । 

पैसा तिर्न सक्नेहरु, सहकारीले पत्याउनेहरु पासपोर्ट बनाएर विदेश गएका तर साहुले पनि नपत्याउने, सहकारीले नपत्याउने र घरमा पैसा नभएकाहरु दिल्ली बम्बैमा भएका र उनीहरुको तथ्यांक अझै धेरै भएको अनुमान सहजै लगाउन सकिने उनले बताए । 

अहिले देश बर्बादमा लागेको उनको आरोप छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ