arrow

राप्रपा र राप्रपा नेपालबीच ६ गते एकीकरण हुने, अध्यक्ष कमल थापा बन्ने

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Aggrement-Between-RPPN-and-RPP.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । आगामी मंसिर ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए । 

एकीकरणपछि राप्रपाको अध्यक्ष एवं संसदीय दलको नेता कमल थापा बन्नेछन् भने राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर बन्ने सहमति भएको बर्ताैलाले जानकारी दिए । मंगलबार भएको उक्त सहमतिपत्रमा पार्टीको केन्द्रीय महाधिवेश माघ मसान्तसम्म गरिसक्ने उल्लेख गरिएको छ । 
४ बुँदामा भएको सहमतिको पहिलो बुँदामा ‘राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र निर्माण गर्नु एकीकृत पार्टीको मूल लक्ष्य हुने’ कुरा उल्लेख गरिएको छ । 
 
यस भन्दा अगाडि पनि पार्टीएकीकरणको कुरा चलेको भएपनि अन्तिम समयमा आएर पार्टी एकीकरण तुहिएको थियो । तर, यसपटक त्यस्तो नहुने दाबी पार्टीका प्रवक्ता दिलनाथ गिरीले गरेका छन् । अहिले लिखित रुपमा नै यस विषयमा सम्झौता भईसकेकोले एकीकरण भंग नहुने विश्वास दुबै पार्टि पंक्तिले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ