arrow

जोर्डन एसियन कप फुटबलको फाइनलमा, दक्षिण कोरिया स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
jordan-asian-cup-2024.jpg

काठमाडौँ । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । 

इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ