arrow

तरुणदलमा अध्यक्ष देउवा, उपाध्यक्ष सिटौला र महामन्त्री पौडेल पक्षलाई दिनेगरी प्रस्ताव

सिटौला भने अझै प्रक्रियाबाटै टुङ्गो लगाउनुपर्ने पक्षमा

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Tarun-dal1.jpeg
काठमाडौं । नेपाल तरुणदलको जारी महाधिवेशनमा नयाँ नेतृत्व छान्नको लागि नयाँ प्रस्ताव आएको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व सहमतिकै आधारमा छान्नको लागि तेस्रो शक्तिको रुपमा रहेको सिटौला समूहसँग नयाँ प्रस्ताव गरेका हुन् ।
 
उनीहरूले अध्यक्षमा देउवा पक्षका उम्मेदवार, उपाध्यक्षमा सिटौला र महामन्त्रीमा पौडेल पक्षका उम्मेदवारलाई चयन गर्ने प्रस्ताव सिटौलासँग राखेका थिए । उक्त प्रस्तावमा सिटौला पक्षले भने पार्टी सभापतिको धारणाको सम्मान गर्दै ‘ग्रिन सिग्नल’ दिएको छ । तर, उक्त समूह अझै पनि नेतृत्व चयन भने प्रक्रिया मार्फत् बैधानिक रूपमा हुनुपर्ने पक्षमा वकालत गर्दै आएको छ । तर प्रस्तावक देउवा–पौडेल पक्षले भने प्रक्रिया लम्बिने भन्दै सीधै नाम टाँस्ने पक्षमा आफ्नो धारणा राख्दै आएका छन् । 
 
यसरी पदाधिकारीको भागवण मिलेसँगै अध्यक्षमा देउवा समूहका जीतजंग बस्नेत, उपाध्यक्षमा सिटौला समूहका उत्तमकुमार चापागाईँ बन्ने लगभग पक्कापक्की रहेको छ । तर महामन्त्रीमा भने पौडेल समूहले पाउने सम्भावना बढेसँगै पौडेल पक्षमा भने महामन्त्री को भन्ने भन्नेमा विवाद सुरू भएको छ । महामन्त्रीको लागि पार्टीका वरिष्ठ नेता पौडेलले भूपेन्द्र जंग शाहीलाई बनाउन प्रस्ताव गरेका छन् भने पार्टी महामन्त्री शशांक कोइरालाले आफ्नो भतिज सिद्धार्थ कोइरालालाई बनाउन खोजेका छन् । तर, उनी पारिवारबादकाे कुरा बहसमा अाएकाे खण्डमा भने काेइरालालार्इ केन्द्रीय सदस्य बनाएर महामन्त्रीमा नीलकण्ठ रिजाललार्इ उठाउने तयारीमा रहेका छन् । रिजाल नेविस‌ंकाे महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी िदने भनिएपनि पाैडेल पक्षबाट अध्यक्षमा उम्मेदवारी िदन पाएका थिएनन् । 
 
यसबाहेक पनि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि पाैडेलले प्रस्ताव गरिरहेका शाहीलार्इ उठाउन खोजीरहँदा पार्टी केन्द्रीय सदस्य रामशरण महतले पनि आफ्ना भतिज रमेश महतलाई बनाउन प्रस्ताव गरिरहेका छन् । उक्त विषयमा अहिले घनिभूत छलफल चलिरहेको बताईएको छ । 
 
स्रोतका अनुसार मंगलबार विहानैसम्म पनि देउवा–पौडेलले सिटौला समूहलाई उपाध्यक्ष थप गर्ने प्रस्ताव राख्दै आएका थिए । तर, सिटौला समूहले सो प्रस्तावमा सहमति नजनाएपछि उनीहरुले यस्तो नयाँ प्रस्ताव ल्याएका हुन् । आफूलाई उपाध्यक्षमा खासै चासो नभएको भन्दै सिटौला समूहले भने उपाध्यक्षको संख्या थप गर्ने हो भने आफ्नो पक्षका उम्मेदवारलाई महामन्त्री दिन प्रस्ताव गरेको थियो । सिटौला समूहले उपाध्यक्ष थप्ने नै हो भने महामन्त्री पनि एकजना थप्ने अर्काे प्रस्ताव पनि उनीहरुसामू राखेको थियो ।  
 
सिटौला पक्षको जवाफमा सहमति जनाउन नसकेपछि देउवा पौडेल पक्षले यस्तो नयाँ प्रस्ताव गरेका हुन् । उता, अहिलेको कार्यकालदेखि सदस्यताको संख्यामा भने केही बृद्धि गर्ने तयारी भईरहेको पनि सम्बद्ध स्रोतले जानकारी दिएको छ । अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ७५ सदस्यीय बनाउने तयारी भईरहेको छ ।
 
जसमा ४० प्रतिशत देउवा पक्षलाई, ३० प्रतिशत पौडेल पक्षलाई र ३० प्रतिशत सिटौला समूहलाई दिने मोटामोटी सहमति भईसकेको छ । अहिले यस विषयमा छलफल चलिरहेको छ । निर्वाचन पुरानै विधान अनुसार गर्ने विषयमा पनि मोटामोटी सहमति भईसकेको छ ।  
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ