arrow

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्युु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
fire-final.jpeg

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । 

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ