arrow

नेपाली सांसदको टोली उत्तर प्रदेशको विधान सभा बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
samsad-nepal-india-2080.jpg

काठमाडौँ । भारतमा रहेको नेपाली सांसदहरुको टोली उत्तर प्रदेशस्थित विधानसभा बैठकमा सहभागी भएको छ । राजकिशोर यादव नेतृत्वको ११ सदस्यीय टोलीलाई विधान सभाका सभामुख सतिस महनाले स्वागत गरेका थिए ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवसहित सबै सांसदलाई सभामुख महनाले स्वागत गरेका हुन् । 

सभामुख महनाले ट्वीटरमा स्वागत गरेको भिडिओ पोष्ट गर्दै ‘नेपालको संसदीय सम्बन्ध र पर्यटन सम्बन्धित संसदीय समितिको संसदीय टोलीको स्वागत ।’

यसअघि मंगलबार नेपाली सांसदको टोलीले लखनऊस्थित सरकारी निवासमा पुगेर  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ