arrow

घर्किदै वर्ष दिन : नेपालले अझै पाएन ‘बंगबन्धु’ जितेको ५० लाख

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
bangabandhanfa.jpg.jpeg

काठमाडौं । नेपाली फुटबलको गति बढेको धेरै भएको छैन । नेपाली फुटबलमा मिलेमतोको कालो धब्बा लागेपछि गएको वर्ष नै नेपाली फुटबल खेलाडीले  युगान्तकारी परिर्वतन नै ल्याइदिए ।  

२३ वर्ष लामो उपाधि खडेरी तोडेको नेपाली फुटबल टोली अहिले पनि औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दौडमा छ । बहुप्रतिक्षित र ऐतिहासिक एएफसी सोलिडारिटी कपको उपाधि चुम्ने दाउमा छ । गएको वर्ष माघ पहिलो साता नेपालले २३ वर्षदेखिको उपाधि खडेरी चिर्दै नयाँ इतिहास रच्यो ।

बंगलादेशको राष्ट्रिय रंगशालामा नेपालले इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी चिरेको हो । नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको थियो ।

यो नै नेपाली फुटबलको पछिल्लो सफलता र सिंगो फुटबलमाथि लागेको कालो वादल हटाउने अस्त्र थियो ।  त्यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेलेको थियो । पछि त्यही विजयको लहर नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागमा पनि दोहोर्यायो । सागको स्वर्ण पनि जित्यो ।

नेपाली टोली २३ वर्ष पछि पाएको सफलताको इनाम भने अहिले सम्म गुमनाम छ । आयोजक बंगलादेशले अहिले सम्म नेपाली टोलीले जितेको ५० हजार डलर (५० लाख) पुरस्कार अझै नेपालले पाएको छैन । उपाधि जितेको वर्ष दिन पुग्न २ महिना मात्र बाँकी छ ।

आयोजकले त्यतिबेला ट्रफि र डमी चेक थमाएको थियो, प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षक भएर गएका उपेन्द्रमान सिंहले हाम्राकुरासँग भने, ‘त्यतिवेला डमी मात्रै थमाइएको थियो । पाउनु पर्ने पुरस्कार अहिले सम्म आएको छैन । अखिल नेपाल फुटबल संघ एन्फाले कयौं पटक आग्रह गरिसकेको छ । अझै कहिले दिने भन्ने पत्तो छैन ।’

त्यही रकममा थपेर खेलाडी र प्रशिक्षकलाई पुरस्कार दिने एन्फाको सोच थियो । तर, त्यसो भएन । पछि एन्फाले आफ्नो रकम वितरण गर्यो । अहिले एन्फाले  अफ्ठ्यारो परिरहेको भनिरहेको छ–सिंहले भने ।

एन्फाका कार्यकारी अधिकृत एवं प्रवक्ता इन्द्रमान तुलाधरले समेत अहिलेसम्म रकम नआएको बताएका छन् । उनले भने, ‘दिन्न पनि भनेको छैन । दिने भनेको छ । तर, कहिले दिने भन्ने केही टुंगो छैन । कारण पनि अहिले सम्म खुलाएको छैन ।’

हामीले कयौं पटक त्यहाँको संघकै मान्छेलाई भेटेर भन्यौं, तुलाधरले अगाडि भने, ‘इमेल दैनिक जसो भइरहेको भन्दा पनि हुन्छ । फोन कति गरियो गरियो ।’ केही प्रवाह छैन ।

तुलाधरले आफुहरुले घोषणा गरेको दुवै पुरस्कार दिइसकेको तर एन्फाको खातामा अहिलेसम्म रकम जम्मा नभएको बताए । यसबारे एएफसी र फिफालाई भने नसुनाएको उनले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ