arrow

सांसद शर्मा डडेल्धुरामा, २५ सय बिरामीको निःशुल्क उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
sunil-sharma-2080-10-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हिँडिरहेका छन् । 

सो क्रममा बिहीबार डडेलधुरामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । अमरगढी नगरपालिकाको आयोजनामा डडेलधुरा जिल्ला अस्पतालमा भएको शिविरमा दुई हजार ५२७ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायण दाहालले हाम्राकुरालाई बताए । 

जसमा १४७ जनाले ईसीजी, २१३ जनाले ल्याब, १९५ जनाले अल्ट्रासाउन्ड, ८३ जनाले इको सेवा लिएका छन् । 

७७ जनाको दाँत खोलिएको छ । साथै १४४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया निःशुल्क गरिने दाहालले बताए । शल्यक्रिया गर्ने बिरामी फागुन १२ गते केएमसी आइपुग्नेछन् ।

बिहीबारको कार्यक्रमको सभापतित्व नगरप्रमुख डिल्लीराज जोशीले गरेका थिए । यस्तै प्रमुख अतिथि सांसद डा. सुनील शर्मा रहेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-dadeldhura-2080-10-25 (7).jpg
kmc-dadeldhura-2080-10-25 (8).jpg
kmc-dadeldhura-2080-10-25 (1).jpg
kmc-dadeldhura-2080-10-25 (2).jpg
kmc-dadeldhura-2080-10-25 (3).jpg
kmc-dadeldhura-2080-10-25 (4).jpg
kmc-dadeldhura-2080-10-25 (5).jpg
kmc-dadeldhura-2080-10-25 (6).jpg


नयाँ