arrow

ट्रम्पको विदेश मन्त्री बन्न किन रुचाएनन् जुलयानीले ?

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
jilyani--not-res.jpeg

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सत्ता सञ्चालन गर्ने भावी टोलीको प्रमुख जिम्मेवारीमा दुईजनालाई नियुक्त गरेका छन् । योसँगै ट्रम्पले विदेशमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

विदेशमन्त्री बन्ने पहिलो नम्बरमा न्युयोर्कका पूर्व मेयर रुडि जुलयानी छन् । जुलीयानी ट्रम्प समर्थक हुन् । उनी ट्रम्पको चुनावि अभियानमा समेत निकै खटिए ।

विदेश मन्त्री नियुक्त हुने सम्भावना बोकेका अर्का पात्र हुन् जोन बोल्टन । बोल्टन सयुक्त राष्ट्र संघका लागि अमेरिकी पूर्व दूत हुन् । तर, जुलयानी ट्रम्पका निकै प्रिय मानिन्छन् । जसले गर्दा ट्रम्पको रोजाइमा जुलयानी नै पर्ने देखिन्छ । ट्रम्प पक्ष अधिकारीहरुले समेत जुलयानीले इच्छा देखाए निसंकोच उनलाई नियुक्ति गरिने बताइँदैछ ।
 
विदेशमन्त्रीमा नियुक्ति गर्ने लगभग पक्का भएपनि जुलयानीलाई सो पदमा बस्न रुचि छैन । उनले औपचारिक रुपमा भनिहालेका भने छैनन् । जुलयानीले उक्त पदका लागि बोल्टन नै उपयुक्त हुनसक्ने जनाउ दिएका छन् । बोल्टन भन्दा अरुपनि राम्रो हुन सक्ने उनको भनाई छ ।

विदेश नीतिबारे पर्याप्त दक्षता नभएकाले जुलयानीलाई विदेशमन्त्रीमा छनोट गर्नु उचित नहुने धेरैले औँल्याएका छन् । ट्रम्पको व्यवहार उनलाई खल्लो लागिरहेको छ । ट्रम्पको व्यवहारको खुलेर आलोचना नगरेपनि उनी आजित भएका बताइन्छ ।

७२ वर्षीय जुलयानी ट्रम्पको निर्वाचन अभियानमा खटेर लागेका थिए भने डेमोक्र्याटिक प्रत्यासी हिलारी क्लिन्टनको खुलेरै आलोचना गरेका थिए । गत वुधबार राष्ट्रपतिमा निर्वाचित ट्रम्प सत्ता सञ्चालनका भावी टोली निर्माण गर्न र बाह्य नेताहरुसँग कुरा गर्न व्यस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ