arrow

सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छः मन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
rekha-sharma-minister-information.jpg

काठमाडौँ । सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताएकी छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताइन् । 

उनले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताइन् । उनले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको बताइन् । 

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्ने बताइन् । उनले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । साइबर सुरक्षाको कुरा । सूचना र प्रविधिको असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डाटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेका छौँ । कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेका छौँ । सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नविन प्रविधिलाई आत्मसाथ गर्र्दै आविष्कार र नवप्रवद्र्धनमा जोड दिनुपर्नेछ । विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग भइरहेको छ । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्नेछ । हाम्रोमा सूचना र प्रविधि अघिअघि हामी र हाम्रा कानून पछिपछि हाम्रो बिडम्वना भएको छ । संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मसात गरि नै रहन्छौँ ।’

मन्त्री शर्माले नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ