arrow

लिम्बुवानको गाउँ अधिवेशन धमाधम

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको  जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको हो ।
 
लिम्बुवानको सोमबार मात्रै ईवा गाविसको गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तबहादुर ईङनामको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तेजमान यक्सो, सचिवमा गीता ईङनाम र अर्थ सचिवमा मन्जिला ईङनाम रहेका छन् । यस्तै अधिवेशनबाट हर्कजङ ईङनामको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
 
समितिको सदस्यहरुमा अमरबहादुर ईङनाम, दिलबहादुर खवास, सुर्य ईङनाम र भक्ति बहादुर ईङनाम रहेका छन् । अधिवेशन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष देवनारायण सम्बाहाम्फेको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य मृगेन्द्र ईङनाम र आठराई थुम कार्यसमिति अध्यक्ष रामकुमार ईङनामको उपस्थिति तथा नारायणमान ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 
पार्टीले यहीसाता भित्र चुहानडाँडा, ह्वाकु, थोक्लुङ लगायत आठराई क्षेत्रका विभिन्न गाविसहरुको गाउँ अधिवेशन गरिसक्ने जिल्ला अध्यक्ष सम्बाहाम्फेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ