arrow

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
prithiviman-gurung-gandaki-rss.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएका छन् ।

सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्व नेपाली समाजमा सद्भावना बढाउन आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा महत्वपूर्ण रहेका उल्लेख गरेका छन् ।

यस पर्वले सद्भाव र समृद्धि बढाउन सबैलाई प्रेरणा दिने उनले सन्देशमा उल्लेख गरेका छन् ।

सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ