arrow

गण्डकको बाढीको क्षति घटाउन सांसद विनोद चौधरीले गरे भारतीय मन्त्री शेखावतसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
binod-chaudhary-gajendra-si.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले गण्डकको बाढीबाट पश्चिम नवलपरासी लगायतका नेपाली भूमिमा हुँदै आएको क्षति नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्दै भारतसँग महत्वपूर्ण छलफल गरेका छन् । उनले शुक्रबार भारत सरकारका जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग छलफल गरेका हुन् । 

छलफल सकारात्मक भएको भन्दै उनले नतिजा पनि सकारात्मक आउने विश्वास लिएको बताएका छन् । उनले गण्डक बाढीको दिगो व्यवस्थापनले नवलपरासीबासीले भोग्दै आएको समस्या न्यून गर्न सकिने विश्वास लिएकोसमेत सामाजिक सञ्जालमा जानकारी दिँदै बताएका छन् । 

शुक्रबार रातिको यस्तो छ नेता चौधरीको स्टाटस–
‘गण्डकको बाढीबाट पश्चिम नवलपरासीलगायत नेपाली भूमिमा हुँदै आएको क्षति नियन्त्रणका लागि प्रभावकारी  व्यवस्थापन गरी यस समस्याको दिगो समाधानका विषयमा आज भारत सरकारका जलशक्ति मन्त्री माननीय गजेन्द्र सिंह शेखावतसँग  महत्वपूर्ण छलफल भएको छ । गण्डक बाढीको दिगो व्यवस्थापनमा यसले सकारात्मक नतिजा प्राप्त हुने र नवलपरासीवासिले भोग्दै आएको समस्या न्यून गर्न सकिने विश्वास लिएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ