arrow

नेपाल व्यवस्थापन सङ्घको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
suman-pokhrel-vc-man-2080.jpg

काठमाडौँ। नेपाल व्यवस्थापन सङ्घको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन्। शुक्रवार सम्पन्न सङ्घको ४३औँ वार्षिक साधारण सभाबाट पोखरेल आगामी दुई वर्षको लागि सङ्घको प्रथम उपाध्यक्षमा चयन भएका हुन्।

बैङ्क वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले सङ्कर देव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा  इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजी सम्बन्धी अध्ययन गरेका छन्।

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत रूपमा काम गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ