arrow

सोलिडारिटी कप फाइनल : पहिलो हाफको समाप्तिमा नेपाललाई १–० को अग्रता

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
nepal-makau-bhe.jpeg

काठमाडौं । मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलको पहिलो हाफ सकिँदा नेपालले मकाउविरुद्ध १–० गोलको अग्रता लिएको छ ।  नेपालका लागि खेलको ३०औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।

भरत खवासको क्रस पासलाई सुजलले आकर्षक हेड गर्दै बललाई जाली चुमाए । नेपालले अग्रता लिएपछि मकाउ थप दबाबमा आएको छ । यसअघि सेमिफाइनलमा नेपालले लाओसलाई ३–० पराजित गरेको थियो । उकाउले पनि ब्रुनाइलाई टाइब्रेकरमै हराएर फाइनल यात्रा तय गरेको थियो ।
नेपाल आजको खेलको नतिजा आफ्नो पक्षमा पार्दै ६२ वर्ष लामो फुटबल यात्राकै कीर्तिमान रच्न चाहान्छ । नेपालले सन् १९५४ मा एशियाली फुटबल संघ, एएफसीको सदस्यता लिएदेखि अहिलेसम्म एएफसीको आयोजनामा भएको कुनैपनि प्रतियोगिता जित्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ