arrow

खिनमाया बचाऊ अभियानकर्मी पत्रकार पुरस्कृत

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
terhathum-photo.jpeg
तेह्रथुम। ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत भएका छन् । पाक्साँवालाई सदरमुकामभन्दा बाहिर रहेरपनि क्रियाशील रुपमा पत्रकारिता गर्दै समाजका दीनदुःखीहरुलाई निरन्तर सहयोग पुर्‍याएको भन्दै प्रवासी युवा समाजसेवी देब बाँस्कोटाले नगद ३० हजारसहित सम्मान गरेका हुन् ।
 
पाक्साँवाले हालै फाक्चामारा–४ की खिनमाया लिम्बुको दुवै मिर्गौला फेल भएको समाचार लेखेर उनको उपचारकालागि १७ लाख रुपैयाँ बढी संकलन गराउन अभियान सन्चालन गरेका थिए  । हमरजुङ–४ स्थायी बसोबास भएका पत्रकार पाक्साँवा गएको ८ वर्षदेखि पत्रकारिता पेशासँगै जिल्लामा चर्चामा छन् । उनले गाउँबाट कहिले मोबाइल बाट रिपोटिङ गरेर त कहिले दिनदुःखीलाई सहयोग जुटाएर निरन्तर चर्चा पाइरहेका छन् । पत्रकारितासँगै समाजसेवा पनि उत्तिकै जरुरी रहेको बताउने पाक्साँवाले लेखेका समाचार र तिनको प्रभावप्रति प्रभावित भएर आफुले पुरस्कृत गरेको इजरायलमा रहेका नेपाली युवा बाँस्कोटाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ