arrow

एसियन कप फुटबलको उपाधि कतारलाई, फाइनलमा जोर्डन पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
asian-cup-qatar-jordar-2024.jpg

काठमाडौँ । एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । कतारले लगातार दोस्रो पटक उक्त उपाधि जितेको हो । 

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै कतारले उपाधि जितेको हो । 

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तीनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए।

यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ।

यसअघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ